बझाङ आगलागी अपडेट : १६ लाख रुपैयाँ बराबरको क्षति

 पुस ३, २०७५ मंगलबार १६:४४:५३ | डीबी बिष्ट
unn.prixa.net

फाइल तस्बिर

बझाङ – खोटो संकलन गरी राखेको ठाँउमा भएको आगलागीमा झण्डै १६ लाख बराबरको क्षति भएको छ ।

दिब्या रोजिन एण्ड टर्पाइन कम्पनीले जयपृथ्वी नगरपालीकाको भोपुर बजार नजिकै खोटो संकलन गरी राखेको ठाँउमा एक्कसी आगलागी हुँदा ४६ हजार ७ सय ७४ किलो खोटो जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यो परिमाणको खोटो झण्डै १३ लाख रुपैयाँ बराबरको नोक्सान पुगेको छ । यस्तै आगलागीबाट जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का लालबहादुर खातीले सञ्चालन गरेको कुखुरा फार्ममा समेत क्षति पुुगेको छ ।

आगोको रापले ३ सय कुखुरा मरेको उहाँले बताउनुभयो । त्यसबाट २ लाख ४० हजार रुपैयाँ बराबर क्षति पुगेको खातीले बताउनुभयो । आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागी कसरी भयो भन्नेबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

अहिले आगो पूर्ण रुपमा निभाइएको प्रहरी नायव उपरीक्षक धितालले बताउनु भएको छ । नेपाल प्रहरी, नपाली सेना, सशत्र प्रहरी र स्थानीयबासिन्दा र दमकलको सहायतबाट आगो निभाइको हो ।
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया