वास्तविक लाभग्राहीहरुको गुनासो : अझै राहत पाएनौं

 पुस ९, २०७५ सोमबार १७:४८:२० | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – सरकारले निजी आवास पुननिर्माणको काममा उल्लेखनिय प्रगति भएको प्रचार गरेपनि भूकम्पबाट प्रभावित वास्तविक लाभग्राहीहरुले अझै पनि राहत पाउन नसकेको गुनासो गरेका छन् ।

गुल्मीमा मंगलवार आयोजित एक कार्यक्रममा सहभागीहरुले वास्तविक लाभग्राही भएर पनि राहत नपाएको गुनासो गरेका हुन । उनीहरुले सरकारले निजी आवास निर्माणको मापदण्ड तोक्नुअघि आफ्नै लगानीमा ऋणधन गरेर बासस्थान बनाएकाले सरकारको मापदण्डको दायरामा पर्न नसकेको गुनासो गरेका छन् ।

नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई  ललितपुरले गुल्मीमा आयोजना गरेको दुईदिने निजी आवास पुनर्निर्माण विषयक अभिमूखिकरण तथा समीक्षा कार्यक्रममा बोल्दै जिल्लाका स्थानीय जनप्रतिनिधिहरुले समेत यस्तो गुनासो गरेका हुन् । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिका सदस्य विष्णुबहादुर भण्डारीले प्राधिकरणले निजी आवास पुनर्निर्माणको क्षेत्रमा अहिलेसम्म भए गरेका उपलब्धि र समस्या साथै समस्या समाधानको बारेमा जानकारी गराउनुभएको थियो ।

उहाँले भूकम्पबाट क्षतिग्रस्त भएको घरबाहेक सोही स्थानमा नेपालभर अन्य कुनै स्थानमा बस्न योग्य घर भएका व्यक्तिहरुले झुठ्ठा विवरण पेश गरेर निजी आवास पुनर्निर्माण अनुदान लिएको भए पुस १५ गते भित्र आफूले लिएको अनुदान रकम फिर्ता गर्न समेत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुरोध गरेको जानकारी गराउनु भएको थियो । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया