सेती नदीमा बगेर एकजना प्राविधिक बेपत्ता

 चैत १८, २०७५ सोमबार १७:५१:३२ | विमल बिष्ट
unn.prixa.net

डाेटी – सेती नदीमा बगेर एकजना प्राविधिक बेपत्ता भएका छन् । 

डोटीको बोगटा फुड्सिल गाउँपालिकामा निर्माण भइरहेको सेती हाइड्रो पावरमा कार्यरत रुकुमका ओभरसियर दिपेन्द्र ओली सेती नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो । 

अछाम र डोटीको सीमाक्षेत्र समेत रहेको त्यस स्थानमा काठको डुङ्गा बाट नदी तर्ने क्रममा ओली नदीमा खसेर बेपत्ता भएको सेती हाइड्रो पावर निर्माणको ठेक्का पाएको रिडाक नेपाल कन्सल्टेन्सीमा कार्यरत मिनजंग शाहीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘बिहान देखि खोजी गरीरहेका छौँ, भेटाउन सकेका छैनौँ ।’ नदीमा बेपत्ता भएका ओलीको खोजी कार्य तिब्र रुपमा भइरहेको र ठाउँ-ठाउँमा प्रहरी टोली खटाइएको डोटीका प्रहरी प्रमुख विद्यानन्द माझीले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया