गुल्मीमा जीप दुर्घटना, पूर्व सांसदसहित दुईजनाको ज्यान गयो

 चैत २८, २०७५ बिहिबार १०:३९:३८ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – मुसिकोट नगरपालिकामा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । ८ जना घाइते भएका छन् ।

मुसिकोट नगरपालिका १ को चैन डाँडामा दुर्घटना बिहान धुर्कोट गाउँपालिका ५ का नेपाली काँग्रेसका पूर्व सांसद ६५ वर्षका रुद्रमणी शर्मा भण्डारी र मालिका गाउँपालिका १ का ८ वर्षका वस्कर विश्वकर्माको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रवीन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

घाइते ४ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ भने ४ जनालाई गुल्मी अस्पताल तम्घास लगिएको छ । मालिका गाउँपालिकाको दर्लिङ्गबाट सदरमुकाम तम्घासका लागि छुटेको लु १ ज १९५७ नम्बरको जीप दुर्घटना भएको हो । 

अन्तिम अपडेट: चैत १५, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया