विप्लव समूहका बझाङ सचिव पक्राउ

 चैत २९, २०७५ शुक्रबार २०:३०:६ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - जिल्ला प्रहरी कार्यालय बझाङले शुक्रबार विप्लव नेतृत्वको नेकपा समूहका बझाङ जिल्लाका सचिव भरत मल्ललाई पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो ३ बजे बिथ्थडचिर गाँउपालिकाको स्याँडी प्रहरी चौकी बाट प्रहरीले मल्ललाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीले बताउनु भयो । मल्ललाई सदरमुकाम चैनपुरतर्फ ल्याउने काम भैरहेको छ ।

प्रहरीले सवारी साधन जाँच गर्ने क्रममा बिथ्थडचिर गाँउपालिका नजिकै रहेको स्याँडी प्रहरी चौकी नजिकैबाट मल्ललाई प्रहरीले प्रक्राउ गरेको हो  । कैलालीबाट घर आउँदै गरेकाे भन्ने सूचनाका आधारमा मल्ललाई प्रक्राउ गरेको डीएसपी केसीको भनाइ छ । 

मल्लले चन्दा संकलन, ज्यान मार्ने धम्की, संघ संस्था नष्ट दिने सम्मका धम्की दिएको आरोपमा मल्ललाई प्रक्राउ गरेको डीएसपी केसीले जानकारी दिनुभयाे ।

यता विप्लव समूहले भने मल्ललाई प्रहरीले विनाकारण पक्राउ गरेको आरोप लगाएका छन् । आफ्ना बुवा धन बहादुर मल्लका दुवै  मिर्गाैलामा समस्या भएको र उनलाई भेट्न कैलाली गएर घर फर्कने क्रममा प्रहरीले भरत मल्ललाई पक्राउ गरेको बताएका छन् ।

पक्राउ परेका मल्लमाथि थप अनुसन्धान भइरहेको डीएसपी केसीको भनाइ छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया