आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
जुम्ला- तातोपानी गाउँपालिका –७ ताम्ति गाउँमा भीरबाट लडेर आमा र छोराको ज्यान गएको छ । ३२ वर्षीया लक्ष्मी रावत र उनका एक वर्षीय छोरा सुभाष राउतको भीरबाट लडेर ज्यान गएको हो ।
वनमा गाई चराउन गएको बेला भीरबाट लडेर उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक प्रकाश केसीका अनुसार, भीरबाट लड्दा आमा र छोराको घटनास्थलमा नै ज्यान गएको हाे ।
उनीहरुको शवलाई पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुर्याइएको छ ।
पिठ्युँमा छोरा बोकेर गाई चराउन गएकी आमा लडेपछि छोराको पनि ज्यान गएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।