यार्सा संकलन गर्न गएका १९ वर्षीय युवकको ज्यान गयो

 बैशाख २९, २०७६ आइतबार २०:४८:१६ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - यार्सा संकलन गर्न गएका सुर्मा गाँउपालिका १९ वर्षीय सुन्दर बोहराको ज्यान गएको छ ।

शनिबार एक्कासी बिरामी भएका बोहरालाई उपचारका लागि स्वास्थ्य चौकी ल्याउँदै गर्दा बीच बाटोमै सुर्मा गाँउपालिकाको जलजल भन्ने ठाँउमा मृत्यु भएको सुर्मा गाँउपालिका ४ का वडा अध्यक्ष पूर्ण बहादुर बोहराले बताउनुभयो । 

यार्सा संकलन गर्ने क्रममा एक्कासी पेट दुखेको र त्यसपछि बान्ता गर्न थालेका बोहरालाई उपचार गराउन स्वास्थ्य चौकी ल्याउने क्रममा मृत्यु भएको हो । कक्षा १२ को परीक्षा दिएर यार्सा संकलन गर्नका लागि मृतक बोहरासहित उनका सबै परिवार र गाँउका मानिसहरुसुर्मा गाँउपालिकाको छरछरे भन्ने ठाँउ गएका थिए ।

यार्सा संकलन गर्ने ठाँउमा प्राथमिक उपचारको समेत व्यवस्था नहुँदा सामान्य बिरामी भएकै कारण धेरैले ज्यान गुमाउँदै आएका छन् । 

बर्सेनि यार्सा संकलनका क्रममा धेरैले बिरामी परेर, लडेर ज्यान गुमाउने गरेको अध्यक्ष नर बहादुर बोहराले बताउनुभयो । केही दिनअघि मात्रै छविस पाथिभेरा गाँउपालिका ७ बुडखोरीकी ३८ वर्षीया चन्द्रादेवी धामीको यार्सा संकलन गर्ने क्रममा बुंगल नगरपालिकाको तुडी भन्ने स्थानमा लडेर ज्यान गएको थियो । 

यार्सा संकलन गर्ने क्रममा बर्सेनि चार पाँच जनाको ज्यान जाने गरेको छ । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया