काठेपुलबाट दाजुभाइ खसे: भाइको ज्यान गयाे, दाजुको उद्धार

 जेठ ९, २०७६ बिहिबार १९:४१:५९ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - काठेपुलबाट खाेलामा खसेर बिहीबार एक बालकको ज्यान गएकाे छ ।

तल्कोट गाँउपालिका वडा नम्बर १ सुनिकोटका नरेन्द्र बमका ६ वर्षीय छोरा पदम बमको सुनिगाडमा हालेको काठेपुलमा तर्ने क्रममा खसेर ज्यान गएकाे प्रहरीले जनाएको छ । दिउँसो १२ बजे गाँउ बाट  मृतक पदम बम र उनका दाजु १२ वर्षीय विराज बम काफल खान जाने क्रममा खोला तर्न खोज्दा काठे पुलबाट खसेको स्थानीय बासिन्दाले बताएका छन् ।

नरेन्द्र बमका जेठा छोरा विराजलाई खोला नजिकै रहेका उनका काका सुदन बमले छोप्न सफल भए पनि कान्छालाई भने छोप्न नसकेर मृत्यु भएको सुदन बमले बताउनुभयाे ।

पदम बमकाे शव दुई किलोमिटर तल फेला पारेको प्रहरी नायब उपरीक्षक सूर्य बहादुर केसीले बताउनु भयो । मृतकको शब पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया