‘नेइमारको एक्टिङ फुटबलका लागि राम्रो होइन’

 असार १९, २०७५ मंगलबार १५:५५:८ | एजेन्सी
unn.prixa.net

ब्राजिलियन सुपरस्टार नेइमारको ‘एक्टिङ’ फुटबलका लागि राम्रो उदाहरण नभएको मेक्सिकोका प्रशिक्षक जुवान कार्लोस ओसोरियोले प्रतिक्रिया जनाएका छन् । 

नकआउट चरणमा ब्राजिलसँग २–० ले हारेपछि मेक्सिकन प्रशिक्षक ओसोरियाले यस्तो प्रतिक्रिया दिएका हुन् । 

क्वार्टरफाइनलको यात्रा गर्न मेक्सिकोलाई पन्छाउने क्रममा नेइमारले एक गोल गरे भने अर्को गोलमा महत्वपूर्ण भूमिका खेले । तर यो विश्वकपमा विश्वकै सर्वाधिक महंगा खेलाडी आलोचनाबाट मुक्त भने हुन सकेका छैनन् । उनीमाथि पटक–पटक डाइभिङ गरेको आरोप लाग्दै आएको छ । ‘यो फुटबलकै लागि लाजमर्दो कुरा हो । हामीले एक जना खेलाडीका लागि धेरै समय खेर फाल्यौँ’, ओसोरियोले भने । 

खेलको दोस्रो हाफमा जब मेक्सिकन खेलाडी मिगेल लायुनले बल समात्न खोज्दा नेइमारले अनावश्यक रुपमा प्रतिक्रिया जनाएको आरोप लागेको छ । नेइमारको दुई खुट्टाको बीचबाट लायुनले बल झिक्दै गर्दा नेइमार असह्य पीडा भएर छटपटिएको जस्तो आफूलाई देखाएका थिए । 

ओसोरियोले नेइमारको ‘अभिनय’ ले गर्दा मेक्सिको गेममा फर्किन नसकेको आरोप लगाएका छन् । मेक्सिको र ब्राजिलबीचको खेल खेलाएका रेफ्री जियानलुका रोच्चीले ब्राजिलको पक्षमा निर्णय गरेको पनि उनले आरोप लगाएका छन् । 

‘यो खेल हेरिरहेका सबैलाई नै लज्जित बनाउने कार्य हो, सबै बालबालिकाले पनि हेरिरहेका थिए । खेलमा अभिनय हुनु हुँदैन । यसले हाम्रो पूरै गति र शैलीमा नै असर पुर्‍यायाे।’ ओसोरियोले रेफ्रीले ब्राजिलको पक्षमा खेल खेलाएको आरोपसमेत लगाए । 

नेइमारले भने आफूलाई असह्य पीडा भएको बताउँदै भने, ‘उनीहरुले मलाई कुल्चिए, त्यो फेयर होइन । तपाईँले त्यस्तो गर्नुहुँदैन’, टीभी ग्लोबोसँग कुरा गर्दै नेइमारले भने, ‘उनीहरुले धेरै कुुरा गरे तर तिनीहरु घर फर्कँदैछन् ।’

‘मैले आलोचना र प्रशंसामा धेरै मतलब राख्दिन किनभने यसले तपाईँको प्रवृत्तिलाई असर पुर्याउन सक्छ । यो मलाई अरु चिजमा भन्दा पनि कमजोर बनाउने प्रयास गरिएको हो ।’

ब्राजिलियन प्रशिक्षक टिटेले भने  पीएसजी स्ट्राइकरको बचाउ गर्दै मेक्सिकन खेलाडीले नेइमारको खुट्टा कुल्चिएको दावी गरेका छन् । 

सामाजिक सञ्जालमा नेइमारको मजाक उडाउनेको संख्या बढ्दो छ । कतिपयले बेबी वाकरमा फुटबल मैदानमा खेल्दै गरेको तस्बिर राखेर मजाक उडाएका छन् । त्यस्तै कतिपयले नेइमारको अभिनय उत्कृष्ट भएको भन्दै उनी ओस्कार तथा गोल्डेन ग्लोबको हकदार भएको बताएका छन् । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

4 Comments

  • Pradip thapa

    July 4, 2018, 2:59 p.m.

    neymar le sacchikoii acting gareko theoo vane ta refree le yellow card dinu parne ho ta..neymar po nali khuttamai kulchi deyako hamile pratakxya dakheka xaun hajur

  •  0 Reply
  • Reejnaj awatnab

    July 4, 2018, 8:06 a.m.

    Hait football khelnalai vanda ni acting ma abbal raxa naimer dajai ta aba english film khelera ajha name kamaunuhola

  •  0 Reply
  • Dawa tmg

    July 3, 2018, 7:22 p.m.

    नाटक गरेको होइन साच्चै नेयमारको खुट्टामा मेक्सिको खेलाडिले टेकेको हो तेसैले यस्तो गरेको हो नेयमारले

  •  0 Reply
  • Suraj Gurung

    July 3, 2018, 5:32 p.m.

    Ground bhanda bahira ball lina khojda Neymar ko Nali haddi ma kulchieko aankha futne harulay kahan dekhchhan ta ni???

  •  0 Reply

तपाईको प्रतिक्रिया