स्याङ्जामा बसले ठक्कर दिँदा पैदलयात्रीको ज्यान गयो

 जेठ १४, २०७६ मंगलबार १८:८:४७ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङजा - स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर-१ मा यात्रु बाेकेकाे बसले ठक्कर दिँदा एक पैदल यात्रुको ज्यान गएको छ ।

पोखराबाट बुटवलका लागि छुटेको ना ४ ख २३२२ नम्बरको बसको ठक्करबाट पुतलीबजार-१३ लाम्पाटाका ७३ वर्षीय पूजा भन्ने मन बहादुर दमै घाइते भएपछि उपचारको क्रममा पोखरामा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विजय कुमार सिंहले जानकारी दिनुभयो । दुर्घटनामा घाइते दमैलाई जिल्ला अस्पताल स्याङजामा सामान्य उपचार गरी थप उपचारका लागि पोखरामा रहेको गण्डकी मेडिकल कलेजमा लगिएको थियो ।

बसका चालक फेदिखोला ३ का ५८ बर्षिय चन्द्र बहादुर रानाभाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ  ।
 

अन्तिम अपडेट: चैत १, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया