च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
डोटी – सुदूरपश्चिमका केही ठाउँमा मंगलबार दिउँसोदेखि विद्युत सेवा अवरुद्ध भएको छ । बैतडी, डोटी लगायत ठाउँमा विद्युत सेवा नहुँदा यहाँका नागरिक समस्यामा परेका छन् ।
मंगलबार दिउँसो डडेल्धुराको स्याउले सबस्टेशनमा आएको खराबीका कारण विद्युत सेवा अवरुद्ध भएको डोटी साना जलविद्युत केन्द्र दिपायलले जनाएको छ ।
सबस्टेशनमा आएको खराबीका कारण यहाँको पहाडी जिल्लामा वितरण गरिएको १३२ केभी, ३३ केभी र ११ केभी प्रसारण लाइन बन्द भएको डोटी साना जलविद्युत केन्द्र दिपायलका विद्युत अपरेटर भरत द्धारीयाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘स्याउले सवस्टेशनमा खराबी आउँदा पहाडी जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ । विद्युत सुचारु गराउन कर्मचारीहरु मंगलबारदेखि नै लागि परेका छन् तर मर्मत गर्न सकिएको छैन ।’