हङकङमा अहिलेसम्मकै ठूलो प्रदर्शन, विदेशीको उक्साहटमा प्रदर्शन भएको चीनको आरोप

 जेठ २७, २०७६ सोमबार ८:२१:४ | उज्यालो सहकर्मी
unn.prixa.net


हङकङमा प्रस्तावित सुपुर्दगी सन्धि विरुद्ध प्रदर्शन भएको छ । हङकङले चीन सरकार समक्ष बन्दीहरू हस्तान्तरण गर्न सक्ने विधेयक ल्याइएपछि त्यसको विरोध हुँदै आएको छ ।

तर आइतबार मध्यान्न भएको प्रदर्शन अहिलेसम्मकै ठूलो भएको र लाखौं मानिस सडकमा उत्रिएका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुले विधेयकविरुद्ध लड्न कहिल्यै पनि नछाड्ने नारा लगाएका छन् ।

यो विधेयक संसदबाट पारित भएमा विशेष प्रशासनिक क्षेत्र हङकङमा बेइजिङको राजनीतिक अधिकार झन् बलियो हुने विश्लेषकहरु बताउँछन् ।

तर बेइजिङले भने यस्तो कानुन स्वाभाविक भएको बताउँदै विदेशीको उक्साहटमा प्रदर्शन भएको आरोप लगाएको छ । विधेयकलाई लिएर अमेरिका र युरोपेली संघ ईयूले पनि हङकङ सरकारको विरोध गरेका छन् ।
 

अन्तिम अपडेट: कात्तिक २५, २०७६

तपाईको प्रतिक्रिया