नदीमा बगेर बालकको ज्यान गयो

 असार ६, २०७६ शुक्रबार १७:१०:५ | विमल बिष्ट
unn.prixa.net

डोटी - स्थानीय सेती नदीमा बगेर शुक्रबार एक बालकको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराका अनुसार शुक्रबार दिउँसो सेती नदीमा नुहाउन गएका बेला शिखर नगरपालिका-१०, बानीडुग्रीसैन बस्ने हरिष बलायरका ७ वर्षीय छाेरा गोबिन्द बलायरको बगेर ज्यान गएकोे हो ।

स्थानीय सेवा एकेडेमी विद्यालयमा यूकेजीमा पढ्ने गाेबिन्द स्कुल छुट्टी भएपछि नदीमा नुहाउने क्रममा बगेका र ३० मिटर तल नदी छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

गएकाे वैशाखदेखि अहिलेसम्म डोटीको सेती नदीमा बगेर ज्यान गुमाउनेहरुको संख्या बलायरसहित ४ जना पुगेको छ ।


 

अन्तिम अपडेट: बैशाख ९, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया