४ करोड ६४ लाख रुपैयाँ जरिबाना मागसहित ३ जनाविरुद्ध राजस्व छलीको मुद्दा दायर

 असार १३, २०७६ शुक्रबार १७:३४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राजस्व छलेको आरोपमा ३ जनाविरुद्ध काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । 

ख्यातीप्राप्त ब्राण्डका मालवस्तुलाई सामान्य ब्राण्ड र अर्कै मालबस्तु भनेर आयात गरी भन्सार छलेको आरोपमा ३ जनाविरुद्ध ४ करोड ६४ लाख रुपैयाँ बिगो तथा जरिबानाको मागसहित छलीको मुद्दा दर्ता राजस्व अनुसन्धान विभागले जनाएको छ । 

सागर एन्ड साधना बिजनेस प्रालिले मेची भन्सारबाट कम मूल्यांकनमा सामान आयात गरेकोले सञ्चालक तथा एजेन्टहरु लिलाबहादुर घिमिरे, गंगाबहादुर घिमिरे र दीपेन्द्रराज पाण्डेविरुद्ध ४ करोड ६४ लाख रुपैयाँ बिगो तथा जरिबाना र ३ वर्ष कैदको माग गरेर मुद्दा दायर भएको हो । उनिहरुले २ करोड ३२ लाख रुपैयाँको राजस्व छली गरे पनि दोब्बर जरिबानाको माग राखेर मुद्दा दायर गरिएको विभागले जनाएको छ । 

उनीहरुले चीनमा उत्पादित भनेर इण्डोनेसिया र  भियतनाममा उत्पादित रिबक, एडिडास, फिला, नर्थफेस, नाइकी, पुमालगायतका प्रख्यात ब्राण्डका सामान नेपाल ल्याएको विभागको दावी छ । 
 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया