नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजन पोख्रेल नियुक्त

 असार १३, २०७६ शुक्रबार १९:२७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजन पोख्रेललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पोख्रेललाई महानिर्देशकमा नियुक्त गरेको हो । 

सञ्जिव गौतमको पदावधि सकिएपछि पछिल्लो एक महिनायता पोख्रेलले नै कायम मुकायम महानिर्देशकको रुपमा काम गर्दै आउनुभएको थियो ।

बिहीबार सरकारले पोख्रेललाई ४ वर्षका लागि महानिर्देशकमा नियुक्त गरेको छ । बर्दिया स्थायी घर भएका पोख्रेलले २०४७ सालमा हवाइ सेवा अधिकृतको रुपमा सरकारी सेवा सुरु गर्नुभएको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया