भक्तपुरको राधे-राधे चोकमा टिपरको ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु

 असार १६, २०७६ सोमबार ८:५९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  - भक्तपुरको राधे-राधे चोकमा ट्रिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । 

आइतबार राती काठमाण्डौबाट भक्तपुर गइरहेको टिपरले त्यतैतर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको हो । 

ठक्करबाट मोटरसाइकल चालक सोलुखुम्बु जिल्ला सोलु पंचनका प्रेमबहादुर राईको ज्यान गएको हो । ठक्करबाट गम्भीर भाइते राईलाई मध्यपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।  

बा ५ ख ५३४३ नम्बरको टिपरले प्रदेश ३–०२–००६ प ४९९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्कर दिने टिपरका चालक फरार रहेको र उनको खोजी भइरहेको पनि प्रहरी नायव उपरीक्षक पोखरेलले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया