कोरियाली अस्पतालमा कोमामा उपचाररत एक नेपालीलाई स्वदेश ल्याइयाे

 असार १६, २०७६ सोमबार ११:०:४५ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगार बोर्डको समन्वय र आर्थिक सहयोगमा दक्षिण कोरियाको अस्पतालमा कोमामा उपचाररत झापाका ओमनाथ ढकाललाई स्वदेश ल्याइएको छ । 

असार ८ गते विदेशमा कोममा उपचाररत नेपाली कामदारलाई स्वदेश ल्याउने निर्णयभएसँगै ढकाललाई गएको शुक्रबार नै स्वदेश ल्याइएको बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

बोर्डको निर्णयपश्चात नेपाली नियोग र अस्पतालसँग समन्वय गरेर ढकाललाई स्वदेश ल्याउन १५ लाख रुपैयाँ पठाएको थियो । आर्थिक समस्याका कारण ढकाललाई नेपाल ल्याउन समस्या भइरहेको थियो ।

ईपीएस प्रणली अन्तर्गत दक्षिण कोरिया जानुभएका ढकाल दुर्घटनामा पर्नुभएको थियो । चोटका कारण ब्रेन हेमरेज भएकाले उहाँ ६ महिनादेखि बुसानको नेशनल युनिभर्सिटी अस्पतालमा आइसीयूमा उपचार भैरहेको थियो । 

वीर अस्पलातले उपचार गराउन सकिन्छ भन्ने पत्र उपलब्ध गराएपछि बोर्डले परिवारको बिशेष आग्रहमा डाक्टर पठाएर नेपाल फर्काएको कार्यकारी निर्देशक श्रेष्ठले जनाकारी दिनुभयो । 

नेपाल ल्याउने क्रममा कुनै भबितव्य परेमा परिवारनै जिम्मेवार हुने, कुनै विषेश व्यवस्था नहुँदासम्म लाग्ने खर्च परिवारले नै व्यहोर्नेसहमति परिवारसँग गरेर बोर्डले ढकाललाई स्वदेश फर्काएको हो । ढकालको अहिले वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । 

 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया