टाटाकाे ‘नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव’ शुरू
चैत २९, २०८१ शुक्रबार
बझाङ – बुंगल नगरपालिका खोचेगाडाको तारका बगरमा एक युवतीको शव भेटिएको छ । बुंगल नगरपालिका–२ की ललिताकुमारी धामीको शव भेटिएको हो ।
सोमबार साँझ बजेतिर गाउँकै साथीको घरमा जान्छु भनेर गएकी धामीको शव मंगलबार बिहान बुङगलको खोचेगाडाको तारका बगरमा भेटिएको हो । धामी महेन्द्र उच्च माविमा १२ कक्षामा पढ्नुहुन्थ्यो ।
शवको प्रकृति हेर्दा ललितालाई गाडीले ठक्कर दिएको जस्तो देखिने प्रहरीले जनाएको छ । शव भेटिएपछि स्थानीयले २ वटा टिप्परमा आगजनी गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।