टाटाकाे ‘नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव’ शुरू
चैत २९, २०८१ शुक्रबार
तनहुँ – इँटाभट्टाको पोखरीमा डुबेर मंगलबार तनहुँमा दुई बालकको ज्यान गएको छ ।
म्याग्दे गाउँपालिका २, जामुने स्थित माछापुच्छ्रे ब्रिक फ्याक्टीको पोखरीमा डुबेर स्थानीय सात वर्षीय सुन्दर शाही र चार वर्षीय किस्मत शाहीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
राधा माध्यमिक विद्यालयमा अध्ययनरत उनीहरु विद्यालयको परीक्षा सकेर घर फर्किने क्रममा पोखरीमा पौडी खेल्ने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताउनुभयो ।
पोखरीमा डुबेका दाजुभाइलाई उद्धार गरेर दमौली अस्पताल ल्याए पनि चिकित्सकले दुवैलाई मृत घोषणा गरेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।