विश्वकप क्रिकेट: भारतले दियाे बंगलादेशलाई ३१५ रनकाे विजय लक्ष्य

 असार १७, २०७६ मंगलबार १९:२५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकप क्रिकेटमा भारतले बंगलादेशलाई ३१५ रनको लक्ष्य दिएको छ । भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१४ रन बनाएको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको भारतका लागि रोहित शर्माको शतक र केएल राहुलको अर्धशतकको मद्दतले बंगलादेशलाई ३ सय माथिको लक्ष्य दिएको हो ।
भारतका रोहित र राहुलले पहिलो विकेटका लागि १८० रनको साझेदारी गर्दै बलियो सुरुआत गरेका थिए ।

पहिलो विकेटका रुपमा रोहित शतकसहित १०४ रन बनाएर आउट भए । यो उनको जारी विश्वकपमा चौथो शतक हो । यसैगरी जारी विश्वकपमा सर्वाधिक ५४४ रन बनाउने खेलाडी पनि बनेका छन् ।

रोहित आउट भएपछि क्रिजमा आएका कप्तान विराट कोहलीले २६ रन बनाए । लगातार पाँच खेलमा अर्धशतक बनाएका कोहली आज भने चल्न सकेनन् ।ओपनर राहुल भने ७७ रन बनाएर आउट भए । शिखर धवन घाइते भएर प्रतियोगितबाटै आउट भएपछि ओपनिङ आएका राहुलले जारी प्रतियोगितामा २ वटा अर्धशतक बनाए पनि शतक भने बनाउन सकेका छैनन् ।

अर्का युवा व्याट्सम्यान ऋषभ पन्त ४८ रनमा पेभेलियन फर्किए । हार्दिक पाण्ड्याले खाता खोल्नै सकेनन् भने महेन्द्र सिंह धोनी ३५ रनमा पेभेलियन फर्किएका थिए । तीन खेल पछि टिममा फर्किएका भुवनेश्वर कुमार २ रन बनाएर रन आउट हुँदा मोहम्मद शामी १ रनमा नट आउट रहे ।

बंगलादेशका मुस्तफिजुर रहमानले सर्वाधिक ५ विकेट लिएका थिए । उनले आफ्नो १० ओभरको स्पेलमा ५९ रन खर्चिँदा १ ओभर मेडन राखेका थिए ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया