विकास बजेटको लक्ष्य भेटाउन सरकारलाई सकस,  १५ दिनमा ९५ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने

 असार १७, २०७६ मंगलबार १९:४८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चालु आर्थिक वर्षका लागि छुट्याएको विकास बजेट खर्च गर्न सरकारलाई हम्मेहम्मे परेको छ । 

चालु आर्थिक वर्षका लागि सरकारले ३ खर्ब १३ अर्ब ९९ करोड रुपैयाँ छुट्याएको थियो । तर बजेटको अर्धवार्षिक समीक्षामार्फत सरकारले विकास बजेट घटाएर २ खर्ब ६५ अर्ब २६ करोड ५७ लाखमा झारेको थियो । 

तर आर्थिक वर्ष सकिन १५ दिन बाँकी हुँदा संशोधित लक्ष्यको जम्मा ६४ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार १७ गतेसम्म १ खर्ब ६९ अर्ब ८५ करोड रुपैयाँ  विकास बजेट खर्च भएको छ । यो संशोधित विकास बजेटको ६४ प्रतिशत हो भने बजेटमा छुट्याइएको विकास खर्चको जम्मा ५३ दशमलव ८२ प्रतिशत हो । 

सरकारले राखेको लक्ष्य पूरा गर्न अब १५ दिनमा ९५ अर्ब ४१ करोड ३३ लाख रुपैयाँ खर्च गर्नुपर्ने देखिन्छ । यसका लागि सरकारले दैनिक ६ अर्ब ३६ करोड ८ लाख रुपैयाँ खर्च गर्नुपर्ने देखिन्छ । 

छोटो समयमा ठूलो रकम खर्च गर्न कामको अनुगमन नगरी भुक्तानी गर्नेदेखि हिलोमाथि पिच गर्ने र पिच सकडमाथि पिच गर्ने र नचाहिने ठाउँमा रकम खर्च गर्ने क्रम बढिरहेको छ । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया