विश्वकप क्रिकेटः इंग्ल्याण्ड टस जितेर न्यूजिल्याण्डविरुद्ध ब्याटिङ गर्दै

 असार १८, २०७६ बुधबार १५:१५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकप क्रिकेट अन्तर्गत अहिले न्यूजिल्याण्ड र इंग्ल्याण्ड प्रतिस्पर्धा गर्दैछन् । टस जितेको इंग्ल्याडले पहिला ब्याटिङ रोजेको छ । 

चेस्टर ली स्ट्रिटको रिभरसाइड मैदानमा हुने खेलमा इंग्ल्याण्डले कुनै पनि खेलाडीमा परिवर्तन नगर्दा न्यूजिल्याण्डले भने दुई जना खेलाडीमा परिवर्तन गरेको छ ।

न्यूजिल्याण्डका तर्फबाट आजको खेलमा लकी फर्गुसनको स्थानमा टिम साउदीले खेल्नेछन् भने इश शाेधीको स्थानमा म्याट हेनरीले खेल्नेछन् । अहिलेसम्म यी दुई टिम विश्वकपमा आठ पटक आमने सामने भएका छन् । जसमा पाँच पटक न्यूजिल्याण्ड विजयी भएको छ भने तीन पटक इंग्ल्याण्डले जितेको छ । 

आजको खेललाई पाकिस्तानले पनि निकै महत्वका रुपमा लिएको छ । पाकिस्तान आजको खेल न्यूजिल्याण्डले नै जितोस् भन्ने चाहन्छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया