जर्मन राजदूतलाई पोख्रेलको प्रश्न: नेपाललाई इराक र अफगानिस्तानको सूचीमा राख्न मिल्छ?

 असार १८, २०७६ बुधबार १५:५५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल नागरिक उडड्यन प्राधिकरण क्यानका महानिर्देशक राजन पोख्रेल र नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड शेफरबीच भेटवार्ता भएको छ ।

क्यानको मुख्य कार्यालय बबरमहलमा भएको भेटवार्तामा हवाइ सुरक्षाको विषयमा कुराकानी भएको महानिर्देशक पोख्रेलले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

भेटवार्तामा पोख्रेलले राजदूत शेफरलाई युरोपियन युनियनले नेपाली जहाजलाई यूरोप प्रवेशमा प्रतिबन्ध लगाएको लामो समय भैसक्दा पनि फुकुवा नभएकोबारे प्रश्न सोध्नुभएको थियो । जवाफमा राजदूत शेफरले यूरोपमा नेपाली जहाज प्रवेशको विषय जर्मनीमा मात्रै समाधान गर्न नसक्ने तर पहल गर्ने बताउनुभएको थियो । 

महानिर्देशक राजन पोख्रेलले राजदूत शेफरलाई सोध्नुभयो, ‘अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन आइकाओले हामीलाई सुरक्षा संवेदनशीलताको सूचीबाट हटायो, तर तपाइँहरुले भने इराक, अफगानिस्तान, लिबियालगायतका युद्धग्रस्त देशलाई जस्तै कालोसूचीमा किन राख्नुभएको छ ?’

आइकाओले नेपाललाई सुरक्षा संवेदनशीलताको सूचीबाट २०१७ मै हटाए पनि यूरोपियन युनियनले भने अझै हटाएको छैन । नेपाल नागरिक उडड्यन प्राधिकरण एक्लैले नियमन र सञ्चालनको काम गरिरहेकोले क्यान टुक्राउनुपर्ने ईयूको अडान छ । नागरिक उडड्यन प्राधिकरण टु्क्राउने विधेयक अहिले मन्त्रीपरिषदमा पुगेको छ । 

अन्तिम अपडेट: चैत १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया