अर्घाखाँचीमा जीप दुर्घटना : तीन जनाको मृत्यु, ६ जना घाइते (अपडेट)

 असार १९, २०७६ बिहिबार १२:१२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्घाखाँची - अर्घाखाँची – गोरूसिंगे–सन्धिखर्क सडकअन्तर्गत सुपादेउराली मन्दिर नजिकै जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ । ६ जना घाइते भएका छन । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।

सन्धिखर्क नगरपालिका–७, नरपानी,  सुपादेउराली मन्दिरदेखि सन्धिखर्क जाने सडकमा उकालो बाटोबाट गाडी दुर्घटना भएको हो । 

दुर्घटनामा परि भूमिकास्थान नगरपालिका वडा नम्बर–३, धारापानी घर भई कृष्णनगर शिवपुर बस्ने ५२ वर्षीय सवारी चालक सुमन्त भुसाल र मालारानी गाउँपालिका वडा नम्बर ३ का ३७ वर्षीय रूद्रप्रसाद भुसालको घटनास्थलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले बताउनुभयो ।  

ज्यान गुमाउने एक जनाको पहिचान हुन बाँकी रहेको छ ।  कपिलवस्तुको कृष्णनगरबाट सन्धिखर्क आउँदै गरेको लु १ ज १३२९ नम्बरको गाडी दुर्घटना भएको हो । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया