लाम्पार्ड चेल्सीका नयाँ प्रशिक्षक

 असार १९, २०७६ बिहीबार १४:४९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

पूर्व फुटबल खेलाडी फ्रांक लाम्पार्डलाई चेल्सी फुटबल क्लबले नयाँ प्रशिक्षककाे रुपमा नियुक्त गरेको छ ।

चेल्सीले लाम्पार्डसँग तीन वर्षको सम्झौता गरेको छ । ४१ वर्षीय लाम्पार्ड च्याम्पियनसिप क्लब डर्वी काउन्टी छाडेर आफ्नै पूर्व क्लबमा प्रशिक्षकको रुपमा फर्किएका हुन् ।

उनले अब माउरिसियाे सार्रीकाे स्थान लिनेछन् । सारी चेल्सी छाडेर इटालियन क्लब युभेन्ट्स लागिसकेका छन् । ‘चेल्सीको प्रमुख प्रशिक्षककाे रुपमा फर्कन पाउँदा म एकदमै खुशी छु,’ लाम्पार्डले भने ।

लामम्पार्डले डर्बीको प्रशिक्षक हुँदा क्लबलाई च्याम्पियनसिप प्लेअफसम्म पुर्‍याएका थिए । तर एस्टन भिल्लासँग पराजित भएपछि प्रिमियर लिगमा बढुवा हुन सकेको थिएन ।

इंग्ल्याण्डको राष्ट्रिय टोलीका पूर्व खेलाडी लाम्पार्डले चेल्सीका लागि ६४८ खेल खेल्दै ११ वटा मुख्य उपाधि जितेका थिए । उनले स्ट्यामफर्ड ब्रिजमा १३ वर्ष बिताउने क्रममा क्लबका लागि सर्वाधिक २११ गोल गरेका थिए ।

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया