दिगो आर्थिक विकास, नवीकरणीय ऊर्जा र मातृशिशु कार्यक्रमका लागि जर्मनीले ३ अर्ब अनुदान दिने

 असार १९, २०७६ बिहिबार १४:३६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जर्मन सरकारले नेपालको दिगो आर्थिक विकास, नवीकरणीय ऊर्जा र मातृशिशु कार्यक्रमका लागि ३ अर्ब ४ करोड रुपैयाँ अनुदान सहायता दिने भएको छ ।

मातृशिशु मृत्युदर कम गर्न, नवीकरणीय उर्जाको विकास र विस्तार गर्न तथा दिगो  र वातावरणमैत्री विकासमा जर्मन सरकारले ३ अर्ब ४ करोड रुपैयाँ अनुदान दिन लागेको अर्थ मन्त्रालयले जनाएको छ ।

अनुदान सहयोगको सम्झौतामा नेपाल र जर्मन सरकारबीच शुक्रबार अर्थ मन्त्रालयमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।   
 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया