आँधीखोलामा डुबेर ८ वर्षीय बालकको ज्यान गयो

 असार २१, २०७६ शनिबार १९:२९:३९ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - आँधीखोलामा डुबेर शनिबार एक बालकको ज्यान गएको छ ।

ज्यान जानेमा गल्याङ नगरपालिका वडा नम्बर-११, मुडकिल्लाका नेत्रलाल भट्टराईका ८ वर्षीय छोरा सुजन भट्टराई रहेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक नबिन कृष्ण भण्डारीले जानकारी दिनुभयो ।

शुक्रबार परीक्षा दिएर घरमा आएपछि दिउँसो २ बजेदेखि बालक बेपत्ता भएको भनी परिवारले प्रहरी चौकी गल्याङ्मा उजुरी दिएलगत्तै प्रहरी टोली खोजीमा खटिएको थियो । शनिबार बिहान मात्रै आँधिखोला जल विद्युत केन्द्रको ड्याम साइटमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बालकको शवलाई पोष्टपार्टमाको लागि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: चैत २६, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया