१० वर्षीया बालिका बलात्कार गरेकाे आराेपमा वृद्ध पक्राउ

 साउन २, २०७६ बिहिबार १८:३:५६ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुङ्गा – १० वर्षीया बालिकालाई बलात्कार गरेकाे आराेपमा एक वृद्ध पक्राउ परेका छन् । 

चिसंखुगढी गाउँपालिका वडा नं-६, भदौरेका ६५ वर्षीय अम्मरबहादुर राना मगरलाई १० वर्षीया बालिकालाई बलात्कार गरेर घरबाट भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।  

बुधबार दिउँसो बालिकालाई बलात्कार गरेर घरबाट भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो । घरमा कोही नभएको समयमा ती वृद्धले बालिकालाई शौचालयमा लगेर बलात्कार गरेको अभिभावकले प्रहरीलाई बताएका छन् । 

बालिकाले अभिभावकलाई वृद्धले जबर्जस्ती करणी गरेको बताएपछि अभिभावकको उजुरीका आधारमा वृद्धलाई गिरफ्तार गरेर हिरासतमा राखिएको प्रहरीले जनाएको छ । बालिकाको रुम्जाटार अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको र अवस्था सामान्य रहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार पक्राउ परेका वृद्धविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरेर म्याद थप गरी अनुसन्धान थालिएको छ । 

अन्तिम अपडेट: चैत २३, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया