धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद
बैशाख ६, २०८१ बिहिबार
गुल्मी – सत्यवती गाउँपालिकामा सोमबार राति गएको पहिरोमा पुरिएर ज्यान गुमाउनको संख्या १२ पुगेको छ ।
पहिरोमा पुरिएर बेपत्ता भएका १३ जनामध्ये बिहीबार बिहानसम्म १२ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले जानकारी दिनुभयो ।
पहिरोमा पुरिएकी लिम्घाकी ८ वर्षीय तारा विक भने अझै बेपत्ता छिन् । पहिरोमा पुरिएर घाइते भएका सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेककी १३ वर्षीया धनी तरामु र १० वर्षीया करिश्मा तरामुको उपचारको लागि बुधबार बेलुका नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ लगिएको छ । उनीहरुको त्रिवि शिक्षण अस्पताल काठमाण्डाैमा उपचार भैरहेको छ ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।