स्याङ्जाबाट लागुऔषधसहित ४ जना पक्राउ

 साउन १४, २०७६ मंगलबार १६:४३:३४ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - स्याङ्जाको वालिङबाट झण्डै १६ दशमलव ७५ ग्राम लागुऔषध खैरो हेरोइनसहित मंगलबार ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा स्याङ्जाको भीरकोट  नगरपालिका-५ का भिम बहादुर सेन र सुम सिंह ठकुरी तथा वालिङ नगरपालिका-११ का सुवास सेन र राम बईक रहेका छन् ।

बुटवलबाट पर्वतका लागि छुटेको ना ६ ख १२६७ नम्बरको बसमा जाँच गर्ने क्रममा वालिङ-१०, भकुण्डेबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट १६ दशमलव ७५ ग्राम खैरो हेरोइन (ब्राउन सुगर) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले सिद्धार्थ राजमार्ग अन्तर्गतको वालिङ भकुण्डेबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरु चारै जनालाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता भण्डारीले बताउनु भयो ।

यसअघि ‘१६ दशमलव ७५ ग्राम हुनुपर्नेमा १७ किलो लागुऔषध’ भएकाेमा सच्याइएकाे छ ।

अन्तिम अपडेट: चैत २१, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया