रक्सी भनेर मछिनोकाे तेल खाँदा ज्यान गयाे

 साउन १८, २०७६ शनिबार १९:८:६ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा - मोलुङ गाउँपालिका-७, पात्लेमा मछिनोको तेल खाँदा एक जनाको ज्यान गएकाे छ । मृत्यु हुनेमा ३९ वर्षीय मकर तामाङ रहेका छन् ।

तामाङले शनिबार रक्सी भनेर झुक्किएर मछिनो (ऐंसेलु चुत्रोजस्तै एक प्रकारको फल)को तेल खाँदा ज्यान गएकाे परिवारका सदस्यले जानकारी गराएको वडा अध्यक्ष हेमबहादुर सुनुवारले बताउनुभयो । शुक्रबार बेलुकादेखि नै रक्सीले मातेका कुमारले शनिबार बिहान तेल खाएको हुनसक्ने सुनुवारको भनाइ छ । 

मृतक तामाङ आफैंले गएकाे नौ वर्षदेखि पात्लेमा मछिनो उद्योग चलाउँदै आएका थिए । उनले प्लाष्टिकको बोतलमा राखेको मछिनोको तेललाई रक्सी ठानेर पिउँदा बिरामी परेकाले परिवार तथा स्थानीयको सहयोगमा अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको वडाध्यक्ष सुनुवारले जानकारी दिनुभयो ।

मृतक तामाङको शवलाई पोष्टमार्टमका लागि रुम्जाटार अस्पताल पठाइएको छ ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया