गुल्मीमा जीप दुर्घटना : पाँच जना घाइते

 साउन २४, २०७६ शुक्रबार १९:५३:५१ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको गुल्मी दरबार गाउँपालिका–३, मा जीप दुर्घटना भएको छ । दुर्घटनामा परि ५ जना घाइते भएका छ्न् ।

रुरु गाउँपालिकाअन्तर्गत रिडीबाट तम्घासतर्फ आउँदै गरेको  लु २ च ५४७५ नम्बरको रातो नम्बर प्लेटको पिकअफ जीप शुक्रवार साँझ सदरमुकाम तम्घाससँगै जोडिएको गुल्मी दरबार गाउँपालिका–३ अन्तर्गत गौडाकोटमा दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि पाल्पा लगिएको र घाइतेहरुको बारेमा थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले बताउनु भएको छ । 

अन्तिम अपडेट: चैत १, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया