पाथीभरा गोल्डकपको पहिलो खेलमा रेड हर्स क्लब, इलामकाे विजयी सुरुवात

 साउन ३०, २०७६ बिहिबार १९:३९:२३ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - लाखेजात्राको अवसरमा आयोजना गरिने पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको चौथो संकरणको पहिलो दिनको पहिलो खेलमा ताप्लेजुङको घरेलु टिम पोमु केन्छाङ क्लबलाई रेर्डहर्स क्लब, इलामले शून्य-तीन गोलले पराजित गरेकाे छ । 

भानु माध्यमिक विद्यालयको प्राङ्गणमा भएको खेलको सुरुमै रेर्ड हर्सका पासाङ शेर्पाले खेल सुरु भएको ८ औ मिनेटमा १ गोल गर्दै अग्रता दिलाएका थिए । रेडहर्सका पपुवा न्यूगिनीका खेलाडी फोफोनाले १७ मिनेटमा १ गोल गर्दै टिमलाई २ गोलले अग्रता दिलाए। पछि फोफोनाले नै अर्काे गाेल गरेपछि नतिजा ३-० मा पुगेकाे हाे ।  

विदेशी खेलाडी फोफानाले म्यान अफ दि म्याच हुँदै ५ हजार रुपैयाँ प्राप्त गरे। बिहीबारबाट सुरु भएको पाथीभरा गोल्डकपको उदघाटन जिल्ला समन्वय समितिका संयोजक घरेन्द्र मादेनले गर्नुभएको थियो ।

खेल अगाडि विभिन्न जातजातिका झाँकी तथा रष्ट्रियता झल्कने खालका गीतमा नृत्य प्रतियोगिता गरिएको थियो । 

खेलमा प्रथम हुने टिमले ५ केजी चाँदी तथा ३ तोला सुनजडित कपसहित ३ लाख ११ हजार रुपैयाँ र उपविजेताले १ लाख ५१ हजार रुपैँया पाउने आयोजकले बताएका छन् ।  
 

अन्तिम अपडेट: चैत १४, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया