पाथीभरा गोल्डकप: दोस्रो खेलमा बेलबारी विजयी, ताप्लेजुङ ११ पेनाल्टी सुटआउटमा पराजित

 साउन ३१, २०७६ शुक्रबार १९:३०:८ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – पाथीभरा गोल्डकप प्रतियोगिताको दोस्रो खेलमा बेलबारी क्लब मोरङले ताप्लेजुङ ११ लाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ । 

खेलको निर्धारित समय ९० मिनेटमा कुनै टिमले गोल नगरेपछि पेनाल्टी सुटआउटमा बेलबारी क्लब मोरङ विजयी भएको हो । पेनाल्टी सुटआउटमा बेलबरी क्लब मोरङले ५ गोल गर्दा ताप्लेजुङ ११ ले ४ गोलमात्र गर्न सक्यो ।  

प्रतियोगिता अन्तर्गत तेस्रो खेल फिदिम स्पोर्टिङ क्लब, पाँचथर र पहिलो खेलको विजेता रेडहर्स क्लब, इलामबीच सेमिफाइनल खेल हुने आयोजक समितिका सहसचिव टिकेन्द्र नेपालीले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया