अरुणखोलाको डाइभर्सन बगाएपछि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा

 भदौ ३, २०७६ मंगलबार ११:३२:३५ | दयाराम आचार्य
unn.prixa.net

फाइल फोटो

अरुणखोला पुल भाँचिएपछि निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा आएको छ ।

नवलपरासीको अरुणखोलामा बनाइएको डाइभर्सन आइतबार साँझ आएको बाढीले बगाउँदा पूर्ण रुपमा यातायात अवरुद्ध भएको थियो ।

डाइभर्सन मर्मत गरेर झण्डै ३० घण्टापछि मंगलबार बिहान एकतर्फी सञ्चालनमा ल्याइएको थियाे । अहिले दुवैतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

गएको साउन २९ गते अरुणखोला पुलमा ट्रक ठोक्किएर पुल भाँचिएपछि यस क्षेत्रमा यातायात सञ्चालनमा समस्या भइरहेको छ । पुल मर्मतको काम भइरहेको र अबको तीन–चार दिनमा नै काम सकिने सडक विभागले जनाएको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया