पाथीभरा गोल्डकप : रेडहर्स क्लबलाई हराउँदे एलाभेन एरोज सुनसरी फाइनलमा

 भदौ ४, २०७६ बुधबार १९:३१:४ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – पाथीभरा गोल्डकप प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा एलाभेन एरोज सुनसरीले रेडहर्स क्लब इलामलाई २–० पराजित गरेको छ । जितसँगै सुनसरीको एलाभेन एरोज फाइनलमा प्रवेश गरेको छ । 

खेलको ३५ औं मिनेटमा एलाभेन एरोजका विदेशी खेलाडी जर्सी नम्बर ३ का यानीक ओनाले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यस्तै खेलको ८९ औँ मिनेटमा एलाभेन एरोज सुनसरीका खेलाडी जर्सी नम्बर १९ का श्याम चौधरीले थप एक गोल गर्दै जितको सम्भावना दोब्बर बनाए । 

रेडहर्स क्लब इलामले बारम्बर गोल गर्ने प्रयास गरे पनि सफल भएन ।

प्रतियोगिताअन्तर्गत बिहीबार डाँगीहाट क्लब मोरङ र रेडस्टार क्लब झापाबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । खेलको विजेजाले एलाभेन एरोज सुनसरीसँग आउँदो शुक्रबार फाइनलमा प्रतिस्पर्धा गर्नेछ । 

प्रतियोगितामा प्रथम हुने टिमले ५ किलोग्राम चाँदी र ३ तोला सुनजडित कपसहित ३ लाख ११ हजार रुपैयाँ र उपविजेताले १ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले बताएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया