पाथीभरा गोल्डकप: एलाभेन एरोज र‍ रेडस्टार क्लब फाइनलमा

 भदौ ५, २०७६ बिहिबार १९:५२:३३ | केशवप्रसाद भट्टराई
unn.prixa.net

 ताप्लेजुङ - पाथीभरा गोल्डकपको दाेस्राे सेमिफाइनलमा डाँगीहाट क्लब, मोरङलाई ४–३ गोल अन्तरले हराउँदै रेडस्टार क्लब, झापा फाइनलमा प्रवेश गरेको छ ।

खेलको निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरी भएकाले पेनाल्टी शुट आउटमा ४–३ गोल गर्दै रेडस्टार फाइनलमा पुगेको हो । 
खेलको ४७ औंँ मिनेटमा १ गोल गर्दै रेडस्टार क्लब झापाका योगेश गुरुङले १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसको जवाफमा डाँगीहाट क्लबका विवेक लिम्बूले ५६ औँ मिनेटमा गोल फर्काउँदै बराबरी गरेका थिए ।बाँकी समय कुनै गाेल हुन सकेन र नतिजा पेनाल्टी शुट आउटमार्फत निकालियाे ।

पेनाल्टी शुट आउटमा डाँगीहाटका तर्फबाट विक्रम लिम्बू, विक्रम धिमाल र दिपेश लिम्बूले मात्र गाेल गर्न सफल भएका थिए । त्यस्तै, रेडस्टार क्लबका निशान, योगेश, बुद्ध र पुजनले गोल गरेका थिए ।  

शुक्रबार हुने फाइनल खेलका विजेतालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ३ केजी चाँदी तथा ३ तोला सुनजडित कपसहित ३ लाख ११ हजार १११ रुपैयाँ प्रदान गर्नुहुने कार्यक्रम रहेको छ । प्रतियाेगिताका उपविजेताले १ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।   

अन्तिम अपडेट: चैत १५, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया