भोजपुरको एखुवा खोलामा पक्की पुल निर्माण
चैत ९, २०८१ शनिबार
काठमाण्डौ – संसदीय समितिले सबै किसिमका महिलाविरुद्धका हिंसा अन्त्यको अनुभूति हुने गरी प्रभावकारी र परिणाममूखी कार्यसम्पादन गर्न महिला मन्त्रालयलाई निर्देशन दिएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको सोमबार बसेको बैठकले महिलाविरुद्धका हिंसाका घटनामा कमी आउन नसकेको, हिंसाको दोषीलाई कारबाहीको दायरामा ल्याउने काम नहुँदा दण्डहीनता बढ्दै गएको भन्दै हिंसा अन्त्यको क्षेत्रमा परिणाममूखी कार्य सम्पादन गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।
महिला मन्त्रालयका तर्फबाट समितिमा पेस भएको हिंसा अन्त्यका लागि भएको प्रयास र प्राप्त उपलब्धीसम्बन्धी प्रतिवेदन सन्तोषजनक नभएको भन्दै समितिले तत्काल प्रभावकारी रणनीति, कार्यनीति तयार गरी परिणाममूखी कार्यसम्पादन गरेर त्यसको जानकारी आवधिक रुपमा समितिलाई गराउन निर्देशन दिएको हो ।
समिति सदस्यहरुले हिंसाका घटनामा कमी आउनुको सट्टा बढ्दै गएको, निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको तथा हिंसामुक्त समाज निर्माणका लागि आवश्यक पहलकदमी नभएको तर्फ मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । उनीहरुले विद्यमान कानुनको प्रभावकारी कार्यान्वयनका लागि पनि जोड दिएका थिए ।
बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले हिंसा अन्त्यका लागि मन्त्रालयले तात्कालीक र दीर्घकालीन गरी विभिन्न चरणका कार्ययोजना बनाइ लागू गरिरहेको बताउनु भयो । कानुन कार्यान्वयनले मात्रै महिला हिंसा अन्त्य नहुने भन्दै उहाँले हिंसा अन्त्यका लागि सबै नागरिक सचेत हुनुको साथै दायित्वबोध गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।
गएको वर्ष भदौ ८ गते प्रतिनिधि सभाबाट महिला हिंसाविरुद्धको संकल्प प्रस्ताव पारित भएपछि हिंसा अन्त्यका क्षेत्रमा मन्त्रालयले गरेका कार्य र प्राप्त उपलब्धिको बारेमा समितिले संकल्प प्रस्तावक, समर्थक र सम्बन्धित मन्त्रीसँग छलफल गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।