सिरहाको औरहीमा गाउँपालिका अध्यक्ष र पूर्व वडाअध्यक्ष पक्राउपछि ...
चैत ९, २०८१ शनिबार
काठमाण्डौ – यस वर्ष ७० हजार बढी हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन नसकेको कृषि विभागले जनाएको छ । दश दिन ढिलो मनसुन सुुरु हुनु र तराईमा आएको बाढीका कारण यस वर्ष ७० हजार ८ सय ७६ हेक्टर क्षेत्रफल खेतमा धान रोपाइँ हुन नसकेको हो ।
कूल रोपाई हुने १५ लाख हेक्टर क्षेत्रफलमध्ये यस वर्ष १३ लाख ८ सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदा ७० हजार बढी हेक्टर खेत बाँझै रहेको हो ।
कृषि विभाग अन्तर्गतको बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रका अनुसार यस वर्ष भदौ १० गतेसम्म देशभर ९४ दशमलव ८३ प्रतिशत धान रोपाइँ भएको छ । यो पोहोरको तुलनामा एक प्रतिशत कम हो । गएको वर्ष ९५ दशमलव ३९ प्रतिशत धान रोपाइँ भएको थियो ।
औषतमा यस बर्ष शुन्य दशमलव ५६ प्रतिशतले धान रोपाइँ घटेको केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख सवनम शिवाकोटीका अनुसार यस बर्ष सबैभन्दा धेरै रोपाइँ सुदुरपश्चिममा १०० प्रतिशत र सबैभन्दा कम गण्डकी प्रदेशमा ९२ प्रतिशत मात्रै रोपाइँ भएको छ ।
प्रदेश १ मा ९३ दशमलव ८८ प्रतिशत, प्रदेश २ मा ९३ दशमलव ३१ प्रतिशत, प्रदेश ३ मा ९७ दशमलव १७ प्रतिशत धान रोपाइँ भएको छ ।
यस्तै गण्डकी प्रदेशमा ९२ दशमलव ८९ प्रतिशत, प्रदेश ५ मा ९४ दशमलव ३९ प्रतिशत, कर्णाली प्रदेशमा ९६ दशमलव १६ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा १०० प्रतिशत रोपाइँ भएको छ । यससँगै यस वर्षको धान रोपाइँ सकिएको विभागले जनाएको छ ।
धान रोपाइँ कम भएपछि यस वर्ष पोहोरको भन्दा उत्पादन पनि घट्ने अनुमान छ । गएको वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।