स्पेनिस ला लिगा: बार्सिलोना र ओसासुनाबीचकाे खेल शनिबार बेलुका पाैने नाै बजे

 भदौ १४, २०७६ शनिबार ११:३२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगामा डिफेन्डिङ च्याम्पियन बार्सिलोना शनितबार ओसासुनासँग खेल्दैछ ।

ओसासुनाको मैदानमा हुने खेल नेपाली समयअनुसार आज बेलुका पौने नौ बजे हुनेछ । यस खेलमा बार्सिलोनाका तीन जना मुख्य खेलाडी नखेल्ने भएका छन् । लियोनल मेस्सी पूर्ण रुपमा फिट नभएका कारण यो म्याचमा उपस्थित नहुने प्रशिक्षक अर्नेस्तो भाल्भार्डेले बताएका छन् । उनी दुई सातापछि नोउ क्याम्पमा हुने भ्यालेन्सियाविरुद्धको खेलमा मात्र उपस्थित हुने भाल्भार्डेको भनाइ छ ।

पिँडाैलाको इन्ज्युरीका कारण मेस्सीले यो सिजनको कुनै पनि खेल खेलेका छैनन् । यस्तै लुइस स्वारेज र डेम्बेले पनि फिट छैनन् । यस्तै नयाँ खेलाडी नेटो र जुनियर फिर्पो पनि इन्ज्युरीका कारण मैदानमा उत्रिने छैनन् । ‘मेस्सी अझै पनि फिट हुन प्रयासरत छन्,’ भाल्भार्डेले भने, ‘भ्यालेन्सियाविरुद्धको खेलसम्ममा फिट हुने आशा गरेका छौं ।’

ला लिगामा आज राति अन्य तीन खेल पनि हुँदैछन् । गेटाफेको मैदानमा डिपोर्टिभो एलाभेस तथा लेभान्ते र रियल भालाडोलिडबीच राति पाैने एघार बजे तथा रियल बेटिस र लेगानेसबीच मध्यराति पाैने एक बजे प्रतिष्पर्धा हुँदैछ ।

अन्तिम अपडेट: कात्तिक १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया