आफ्नो ताैलका कारण चर्चामा आएका वेस्ट इण्डिजका यी क्रिकेटर

 भदौ १५, २०७६ आइतबार १०:४४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

भारत र वेस्ट इण्डिजबीचको दोस्रो टेस्टको दाेस्राे दिन भारतीय टिमले ४१६ रन बनाएर पहिलाे पारि समाप्त गर्दा वेस्ट इण्डिज ८७ रनमा ७ विकेट गुमाएकाे अवस्थामा छ ।  

भारतीय टिमको तर्फबाट कप्तान विराट कोहली र मायंक अग्रवालले अर्धशतक बनाए । त्यस्तै वेस्ट इण्डिजका कप्तान जेसन होल्डरले तीन विकेट लिए । 

तर पहिलो दिनको खेलपछि सामाजिक सञ्जालमा वेस्ट इण्डिजका एक नयाँ क्रिकेटरको धेरै चर्चा भैरहेको छ । रहकीम कर्नवालका खेलाडी आफ्नो शरीरको बनावटका कारण निकै चर्चामा छन् ।

२६ वर्षका रहकीमको यो पहिलो टेस्ट हो ।मिडिया रिपोर्टहरुका अनुसार उनको तौल १४० किलो छ र उनी विश्वको सबैभन्दा धेरै तौल भएका टेस्ट क्रिकेटर बनेका छन् । 

यद्यपि आईसीसीको तर्फबाट भने यसको कुनै पुष्टि भैसकेको छैन । क्रिकेटको आँकडासम्बन्धी विज्ञता रजनीश गुप्ताले पनि याे दावी गरेका हुन् । उनले लेखेका छन्, ‘अष्ट्रेलियाका वारविक आर्मस्ट्रंगलाई पछि पार्दै रहकीम सबैभन्दा धेरै तौल भएका टेस्ट क्रिकेटर बनेका छन् ।’

रहकीमको उचाइ ६ फिट ५ इञ्च छ । उनी दायाँ हाते ब्याटिङसँगै अफ ब्रेक बलिङ पनि गर्छन् । 

आफ्नो पहिलो टेस्टमा उनले चेतेश्वर पुजाराको अहम विकेट लिएपछि क्रिकेटको आँकडा विज्ञ मोहनदास मेननले ट्विटरमा लेखे, ‘यो टेस्ट क्रिकेटको सबैभन्दा वजनदार विकेट थियो ।’

रहकीम वेस्ट इण्डिजको घरेलु क्रिकेटमा चर्चित नाम हो । उनीसँग छक्का लगाउने क्षमता छ र लम्बाइको कारण स्पीन बलिङमा राम्रो बाउन्स मिल्छ । वेस्ट इण्डिज च्याम्पियनसिप २०१९ १९ मा उनले १७ दशमलव ६८ को औसतमा ५४ विकेट लिएका थिए । 

क्रिकेट वेवसाइट ईएसपीएन क्रिकइन्फोका अनुसार रहकीमले ५५ प्रथम श्रेणी खेलमा २४ बढीको औसतमा २२२४ रन बनाइसकेका छन् र २६० विकेट लिइसकेका छन् । टी–२० मा पनि उनको औसत १३१ भन्दा धेरै छ । 

प्रतिभा हुँदाहुँदै पनि धेरै तौलका कारण उनले अन्तर्राष्ट्रिय क्रिकेटमा मौका पाउन धेरै कुर्नुपर्‍याे । गएको वर्ष वेस्ट इण्डिजका प्रमुख चयनकर्ता कर्टनी ब्राउनले रहकीमको तौल घटाउन मद्दत गर्न गैरहेको बताएका थिए । 

रहकीमले दक्षिण अफ्रिकाका अलराउण्डर ज्याक्स कालिसलाई आफ्नो आदर्श मान्छन् । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया