साफ यू–१५ च्याम्पियनशिप फाइनलमा नेपाल भारतसँग ७–० ले पराजित

 भदौ १४, २०७६ शनिबार १७:१४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

साफ यू–१५ च्याम्पियनशिपको फाइनलमा नेपाल भारतसँग ७–० को फराकिलो गोल अन्तरले पराजित भएको छ । 

कल्याणी स्टेडियममा भएको फाइनल खेलमा नेपाल भारतमाथि पूर्णरुपमा हाबी देखियो । भारतले १५ मिनेटमा गोलको खाता खोलेको थियो । भारतका लागि महेसोन सिंहले गोल गर्दै टिमलाई अग्रता दिलाए । 

त्यस्तै पहिलो हाफको ४१ औँ मिनेटमा अमनदीपले भारतका लागि दाेस्राे गोल गरे । इन्जुरी समयको तेस्रो मिनेटमा शिवाजीतले थप एक गोल गर्दा नेपाल पहिलो हाफमा ३–० ले पछाडि परेकाे थियाे ।  

तर नेपालको पोस्टमा भारतका खेलाडीले गोल थप्न नछोड्दा दोस्रो हाफमा नेपालले ४ गोल खायो । 

खेलको ५२ औँ मिनेटमा भारतले एक गोल थप्यो । भारतका लागि श्रीदार्थले चाैँथाे गोल गरे । त्यस्तै ६५ मिनेटमा भारतका लागि  हिमांश जनग्राले गोल गरे । 

भारतले नेपालविरुद्ध आक्रामक खेल खेल्न नछोड्दा ७६ औँ र ८० मिनेटमा फेरि श्रीदार्थले गोल गरे । श्रीदार्थले ह्याट्रिक पनि पूरा गरे ।

यू–१५ साफ च्याम्पियनशिपमा नेपाल फेरि उप विजेतामा सिमित भएको छ । योसँगै तीन पटक फाइनल खेलेको नेपाल तेस्रो पटक पनि उपाधिविहीन भयो ।

अघिल्लो संस्करणमा घरेलु मैदानमा भएको खेलमा नेपालले तेस्रो स्थानका लागि भारतसँग खेल्दा १-० ले पराजित भएको थियो । सन् २०१७ मा भएको प्रतियोगितामा पनि नेपालले दुई पटक भारतसँग खेल्दा दुई पटक नै हार बेहोरेको थियो । समूह चरणमा २-१ ले हारेको नेपाल फाइनलमा पनि त्यही गोल अन्तरले पराजित भएको थियो ।

यस्तै सन् २०१५ मा भएको प्रतियोगितामा पनि नेपाल सेमिफाइनलमा भारतसँग नै १-० ले पराजित भएको थियो । सन् २०१३ मा पनि नेपाल र भारत फाइनलमा पुगेका थिए । जसमा नेपाल १-० ले पराजित भएको थियो । 

त्यस्तै सन् २०११ मा पनि नेपाल र भारतको भेट फाइनलमा भएको थियो । त्यो खेलमा पनि भारत नै नेपालको तगारो बनेको थियो । फाइनलमा खेल १-१ को बाराबरीमा हुँदा पेनाल्टी सुटआउटमा भारत ४-२ ले विजयी भएको थियो ।

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया