पत्रकारहरुको हितका लागि ठूला मिडिया हाउसका मालिकसँग आन्दोलन गरिरहेका छाैँ: सभापति आचार्य

 भदौ १५, २०७६ आइतबार १९:५४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल पत्रकार महासंघका सभापति गोविन्द आचार्यले ठूला मिडिया हाउसका मालिकसँग मिलेर श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक दिलाउन पहल नगरेको भन्ने आरोपको खण्डन गर्नुभएको छ ।

सभापति आचार्यले ठूला मिडिया हाउसका मालिकसँग मिलेर श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक दिलाउन पहल नगरेको भन्ने आरोप पुष्टि भए आफूले तत्काल पदबाट राजीनामा दिने चेतावनी पनि दिनुभयो । उहाँले श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक दिलाउन महासंघले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको दावी पनि गर्नुभयो ।

आइतबार काठमाण्डौमा आयोजित ‘श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक कार्यान्वयनको समस्याः समाधानका उपायहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति आचार्यले न्यूनतम पारिश्रमिक दिलाउन ३९५ जना श्रमजीवी पत्रकारहरुले महासंघमा निवेदन दिएकोमा ३५० जनाको माग पूरा गराउन महासंघ सफल भएको पनि बताउनु भयो ।

सभापति आचार्यले महासंघले पत्रकारहरुको हितका लागि ठूला मिडिया हाउसका मालिकसँग आन्दोलन गरिरहेको दावी पनिगर्नु भयो । तर त्यस्ता आन्दोलनमा महासंघकै विभिन्न शाखाहरु समेत सहभागी नभएकोमा उहाँको गुनासो छ ।

अन्तिम अपडेट: चैत ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया