भोजपुरको एखुवा खोलामा पक्की पुल निर्माण
चैत ९, २०८१ शनिबार
खोटाङ - दिक्तेलमा भुस्याहा कुकुर नियन्त्रणको काममा खटाइएका व्यक्तिले चिर्पटले कुकुरलाई कुटेर मारेपछि नगरपालिकाको चर्काे आलोचना सुरु भएको छ ।
बीच बाटो र चोकमा सर्वसाधारणको अगाडि कुकुरलाई बाँधेर टाउकामा हिर्काएको भिडियो फेसबुकबाट सार्वजनिक भएपछि अहिले पनि कमेन्टमार्फत पक्ष-विपक्षमा जुहारी चलिरहेको छ ।
खोटाङको पहिलेकाे सदरमुकाम दिक्तेलमा भुस्याहा कुकुरको समस्या पुरानै हो । रातकाे समयमा हुलकाहुल भेटिने भुस्याहा कुकुरले कतिपयलाई आक्रमण गर्ने गरेकाले स्थानीयले बेलाबेलामा नियन्त्रणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई गुहार्ने गरेका थिए । कतिपयले रेबिजको खतरा रहेको भन्दै कुकुर व्यवस्थापनको आवाज उठाउँदै आएका थिए । पटक–पटक भुस्याहा कुकुरको समस्याबारे आवाज उठेपछि नगरपालिकाले भुस्याहा कुकुर नियन्त्रण गर्न अभियान सुरु गर्यो ।
भुस्याहा कुकुर नियन्त्रणको काममा खटाइएका व्यक्तिले चिर्पटले कुकुरलाई कुटेर मारेपछि भने नगरपालिकाको आलोचना सुरु भएको छ । बीच बाटो र चोकमा सर्वसाधारणको अगाडि कुकुरलाई बाँधेर टाउकामा हिर्काएको भिडियो फेसबुकबाट सार्वजनिक भएपछि अहिले पनि कमेन्टमार्फत पक्ष-विपक्षमा जुहारी चलिरहेको छ ।
एक पक्ष नगरपालिकाले ‘सही कदम चालेको’ भन्दै बचाउमा लागेका छन् भने अर्को पक्ष ‘पशु अधिकारलाई उल्लंघन गर्दै हिंसात्मक तरिकाले कुकुर मारेको’ भन्दै विरोध चर्काइरहेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेलमा शनिबार बिहान एउटा भुस्याहा कुकुरलाई कुटेर मारिएको भिडियो बाजिन्द्र बिष्टको फेसबुकमार्फत सार्वजनिक भएपछि एकैछिनमा भाइरल बन्न पुगेको हो । त्यही भिडियोले सामाजिक सञ्जालभर बहसको वातावरण बनायाे । एक मिनेट १० सेकेण्डको भिडियोमा एक जनाले कुकुरलाई दाम्लोले बाँधेर भाग्न नदिएकाे र अर्कोले दाउराले टाउकोमा हिर्काएर मारेको देखिन्छ । भिडियोमा कतिपय मरेका र कतिपय बेहोस कुकुरलाई ट्याक्टरमा हालेर दिक्तेलको भवनगैरातर्फ लैजाँदै गरेको दृश्य पनि देखिन्छ ।
केही दिनअघि मासुमा विष हालेर भुस्याहा कुकुर हिँडडुल गर्ने स्थानमा राखेको र त्यही विषले मरेका, बेहोस भएका तथा छट्पटाइरहेको अवस्थाका कुकुरलाई खाल्डोमा पुर्नका लागि ट्याक्टरमा संकलन गरिएको बताइएको छ । स्थानीयका अनुसार विषले छटपटाइरहेको वा बिरामी परेको अवस्थामा भेटिएका कुकुरलाई भने मार्दै ट्याक्टरमा उठाइएको हो ।
कुकुर मारिएको भिडियोको अधिकांश कमेन्टमा पशु अधिकार हनन् भएको भन्दै कुकुर नियन्त्रण गर्न अन्य वैकल्पिक उपाय अपनाउनुपर्नेमा ध्यानाकर्षण गराइएको छ । कुकुर नियन्त्रणभन्दा पनि अहिले कुकुर नियन्त्रण गर्ने प्रकृयाका विषयमा बढी आवाज उठिरहेको छ । विष खाएपछि भौँतारिँदै यत्रतत्र पुगेका कतिपय कुकुर कुहिएर गन्हाउने गरेको स्थानीय बताउँछन् । तर नगरपालिकाले भने कुकुर नियन्त्रण गर्न विष हाल्ने र कुटेर मार्ने योजना नभएको दावी गरेको छ ।
कुकुरलाई कुटेर मारेको भिडियो भाइरल भएपछि मेयर दिपनारायण रिजाल सचिवालयले भुस्याहा कुकुरलाई हैजा लागेर आफैँ मर्न थालेको र मरेका कुकुरलाई व्यवस्थापन गर्ने क्रममा बाटोमा एउटा कुकुरले जनावरलाई टोकेर भाग्दै गर्दा अरुलाई पनि टोक्ने सम्भावना भएकाले केही व्यक्तिले नियन्त्रण गर्न कुटपिट गरेर मारेको बताउनुभयाे ।
बजारमा भुस्याहा कुकुरले बिहान र रातकाे समयमा महिला तथा केटाकेटीलाई हिँडडुल गर्ने क्रममा टोक्ने र आतंक फैलाएकाले नियन्त्रण गर्ने निर्णय गरिएको भए पनि कुटेर मार्ने योजना नभएको मेयर रिजालले दावी गनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।