आईएमई लाइफ इन्स्योरेन्सले मनायाे दोस्रो वार्षिकोत्सव

 भदौ १५, २०७६ आइतबार २०:३८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईएमई लाइफ इन्स्योरेन्स कम्पनीकाे दोस्रो वार्षिकोत्सव आइतबार सम्पन्न भएको छ ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा बजारमा कम्पनीले प्रतिस्पर्धात्मक उपस्थिति जनाएको बताउनु भयो । उहाँले चालु आर्थिक वर्ष २०७६-७७मा थप शाखा विस्तार गरेर बीमित, अभिकर्ता तथा सेवाग्राहीको पहुँलाई सर्वसुलभ बनाउने नीति तर्जुमा गरिने बताउँदै बीमा समितिको निर्देशानुसार धितोपत्र ऐन बमोजिम प्रकृया पुर्‍याएर सर्वसाधारणका लागि शेयर जारी गरिने समेत बताउनु भयो ।

कार्यक्रममा ‘आईएमई सामूहिक सावधिक बोनससहितको जीबनबीमा योजना’ नामकाे नयाँ जीवन बीमालेख पनि सार्वजनिक गरिएकाे थियोे ।

त्यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले जीवन बीमा व्यव सयमा महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ताका लागि आर्कषक एवं उत्प्रेरक प्रोत्साहन योजनाहरु कार्यन्वयन गरिने जानकारी दिनुभएकाे थियाे । 

सञ्चालन भएको दोस्रो वर्षसम्ममा कम्पनीले देशका सातै प्रदेशका ८५ ठाउँमा शाखा खाेलेर बीमा सेवा पुर्‍याउँदै आएको कम्पनीले जनाएकाे छ । याे वर्ष थप शाखा-उपशाखाहरु विस्तार गर्ने  कम्पनीले योजना छ । कार्यक्रममा कम्पनीकाे आर्थिक वर्ष २०७५-७६ काे प्रगति विवरण पनि पेस गरिएकाे थियाे जस अनुसार कम्पनीले ९१ करोड बीमा शुल्क संकलन गर्न सफल भएको जानकारी गराइएको थियाे ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया