भोजपुरको एखुवा खोलामा पक्की पुल निर्माण
चैत ९, २०८१ शनिबार
बाँके – बाँकेको डुडुवा गाउँपालिकाले राप्ती नदीमा छोडिएको गोही तीन दिनभित्र हटाउन डिभिजन वन कार्यालय बाँकेलाई सोमबार पत्राचार गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले गाउँपालिकासँग समन्वय नगरी नदीमा गोही छोडिदिँदा नुहाउन तथा आवतजावतमा समस्या देखिएपछि वन कार्यालयलाई पत्र पठाइएको जानकारी दिनुभयो ।
वन कार्यालयले उढरापुरमा उद्धार गरेको गोही राप्ती नदी किनारमा छोडेको थियो । गाउँ नजिकै नदीमा गोही छोडिएको भन्दै स्थानीय बासिन्दाले समेत विरोध जनाएका छन् ।
वन डिभिजन कार्यालयले बाँके खजुरा गाउँपालिका उढरापुरका एक स्थानीयको घरबाट उद्धार गरी झण्डै १२ किलो तौल भएको एक वर्षको गोहीलाई राप्ती नदीमा आइतबार छोडेको हो ।
डिभिजन वन कार्यालयले बस्ती क्षेत्र भएकाले जोखिम रहेको स्वीकार गरेको छ । डिभिजन प्रमुख मोहन श्रेष्ठले सानो गोही भएकाले बगेर जान सक्ने सम्भावना रहेको बताउनुभयो । डिभिजन वन कार्यालयले गोही खोज्न प्रयास गर्ने जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Imanath Paudel
Sept. 3, 2019, 1:55 p.m.प्रमुख प्रशासकिय अधिकृतकाे विद्वता देखेर हाँसाे उठ्याे । गाेहीलाइ उसकाे प्राकृतिक वासस्थानमा छाड्न वहाँसंग समन्वय गर्नुपर्ने अनिवार्यता हाे कि हाेइन ? जिल्ला वन कार्यालय हटेकाे एक वर्ष भइसक्याे गाउँ पालिकालाइ थाहा अझै भएकाे रहेनछ । जिल्ला वन कार्यालयकाे ठाउँमा हाल प्रदेश सरकार मातहतकाे डिभिजन वन कार्यालय छ । प्रदेश सरकार मातहतकाे निकायलाइ गाउँपालिकाले अादेश निर्देश गर्न मिल्दैन । सहयाेग माग्ने मात्र हाे । तिन दिन भित्र गाेही अन्यत्र सार भनेर अादेश गर्न कुन कानूनले दिन्छ ? अन्यत्र सार्न खाेजिएछ रे ल, तिन दिन भित्र गाेही फेला नपरे के हुन्छ र गाउँ पालिकाले के गर्न सक्छ ? नुहाउँने ताताे पानी तताइदे नत्र चिसै पानीले नुहाउँछु भनेजस्तै त हाे । पत्राचार गर्दा अाफ्नाे हैसियत र अधिकार के हाे थाहा नपाउनेहरूकै कारण संघियताकाे खिल्ली उड्ने र धरापमा पर्ने काम भएकाेछ ।
वन कर्मी
Sept. 2, 2019, 3:56 p.m.जिल्ला वन कार्यालय हटेकाे निकै महिना भइसक्याे त्याे कुरा पनि थाहा नपाउने गाउँ पालिकाले प्रदेश सरकार मातहतकाे निकायलाइ अादेशात्मक पत्राचार गरेछ । कसकाे अधिकार के हाे थाहा नपाउनेहरूकै कारण संघियता धरापमा छ । गाउँ पालिकाले सहयाेग माग्नु फाल्टै कुरा हाे तर उ संग समन्वय गर्नु पर्ने हाे कि हाेइन ? हाे भने उसले अादेश दिने हाे कि बिनम्रताका साथ अनुराेध गर्ने हाे ?