युभेन्टसका डिफेन्डर चिलीनी ६ महिना मैदान बाहिर

 भदौ १८, २०७६ बुधबार ९:४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

युभेन्टसका डिफेन्डर चिलीनी ६ महिनाका लागि मैदान बाहिर भएका छन् । लिगामेन्टको सल्यक्रियाका कारण उनलाई ६ महिना आराम गर्न डाक्टरले सल्लाह दिएका छन् ।

अनुभवी खेलाडी चिलिनीको दाँया घुँडामा चोट लागेपछि सल्यक्रिया गर्नु परेको हो । गएको शुक्रबार प्रशिक्षणका क्रममा उनलाई चोट लागेको थियो ।

युभेन्टसले विज्ञेप्ति निकाल्दै चिलिनी ६ महिना मैदान बाहिर रहने बताएको छ ।

क्लबका डाक्टर र सल्यक्रियामा संलग्न रहेका डाक्टरको सल्लाहमा उनलाई आरामका लागि ६ महिना चाहिने र त्यसपछि फिजियो गर्नुपर्ने बताइएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया