छिमेकीको कुटाइबाट वृद्धको ज्यान गयो

 भदौ १८, २०७६ बुधबार १४:०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

गोरखा – छिमेकीको कुटाइबाट गोरखाको चुमनुब्री गाउँपालिका– १ को साम्देमा एक वृद्धको ज्यान गएको छ । 

६७ वर्षीय तेन्जेन दोर्जे लामाको ३७ वर्षीय छिमेकी निमा दोर्जे लामाको कुटाइबाट ज्यान गएको प्रहरीले जनाएको छ । बालुवा चोरेको विषयमा आरोपप्रत्यारोप हुँदा निमाले तेन्जेनलाई कुटपिट गरेको प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले बताउनु भयो ।

‘घर बनाउने काममा बलुवा चोरेको भनेर झगडा भएछ, बिहान एकपटक कुटेर फेरि साँझमा पनि कुटपिट भएछ’, उहाँले भन्नुभयो, ‘गम्भीर घाइते उहाँको मुख र नाकबाट रगत बगेर ज्यान गएको जानकारी आएको छ ।’ 

घरायसी उपचार गर्दागर्दै तेन्जेनको ज्यान गएको अधिकारीले बताउनु भयो । तेन्जेनको शव पोष्टमर्टमका लागि हेलिकप्टरबाट आरुघाट प्राथमिक स्वास्थ्य केन्द्र ल्याउने प्रयास भैरहेको उहाँले बताउनुभयो । घटनास्थल सदरमुकामबाट ७ दिनको पैदल दूरीमा रहेको छ ।

अन्तिम अपडेट: चैत ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया