नेपालको सार्वजनिक सेवा सुधारको लागि ईयूका तीन देशले ११ अर्ब रुपैयाँ अनुदान दिने

 भदौ १८, २०७६ बुधबार १२:३९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालका प्रदेश र स्थानीय तहको क्षमता बढाउने र सार्वजनिक सेवामा सुधार  ल्याउन युरोपीयन यूनियनका तीन देशले नेपाललाई ११ अर्ब रुपैयाँ अनुदान दिने भएका छन् ।

सिंहदरबारमा बुधबार अर्थसचिव राजन खनाल र विभिन्न देशका प्रतिनिधिले अनुदान सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार स्वीजरल्याण्ड, नर्वे र बेलायतले संयुक्त रुपमा १ सय मिलियन अमेरिकी डलर अर्थात ११ अर्ब ५३ करोड रुपैयाँ २०७६/७७ अर्थात चालु आर्थिक वर्षदेखि ४ आर्थिक वर्षभित्रमा नेपाललाई उपलब्ध गराउनेछ । 

अनुदानको रकमले दीगो विकास, नागरिकप्रतिको उत्तरदायित्व र क्षमता वृद्धि तथा ३ तहबीच देखिएको खाल्डो पुरिने विज्ञप्तिमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया