मैले लियोनल मेस्सीजस्तो उत्कृष्ट खेलाडी देखेको छैन: फाब्रेगास

 भदौ १९, २०७६ बिहिबार १३:५५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

बार्सिलोनाका पूर्व मिडफिल्डर सेस फाब्रेगासले मेस्सी पन्ध्र वर्ष अगाडिदेखि अहिलेसम्म एकमात्र उत्कृष्ट फुटबलर रहेको बताएका छन् । उनका अनुसार अर्जेन्टिनी मेस्सी एक छुट्टै विशेषता भएका फुटबलर हुन् ।

फाब्रेगास अहिले सिरी ए अन्तर्गतको क्लब मोनाकोमा रहेर खेल्दै आएका छन् । उनी बार्सिलोनाको प्रसिद्ध युवा क्लब ल मासियाबाट उत्पादन भएका खेलाडी हुन् । उनलाई १६ वर्षको उमेरमा प्रिमियर लिगकाे क्लब आर्सनलले अनुबन्धित गरेको थियो ।

उनी २०११ मा ३५ मिलियन पाउण्डमा बार्सिलोना फर्किए तीन वर्ष त्यसै क्लबामा रहेका थिए । त्यसपछि बार्सिलोनाको समर्थकले फेब्रेगस, आन्द्रेस इनिस्टा र जावी हर्नान्डेसको मित्रतालाई हेर्न पाएका थिए । साथै उनले बार्सिलोनालाई विभिन्न उपाधिहरु दिलाएका थिए । उनले मेस्सीसंगको हरेक खेलहरु आफ्नो लागि अविस्मरणीय रहेको बताए ।

अन्तवार्ताका क्रममा उनले आफ्नो पूर्व क्लब बार्सिलोनाका स्टार खेलाडी मेस्सीको बारेमा बोलेका थिए । उनले मेस्सी अरुभन्दा फरक रहेको बताएका थिए ।

‘हामीले रोनाल्डो र रोनाल्डिन्होजस्ता चर्चित खेलाडी देखेका छौँ तर विगत १५ वर्षदेखि लियोनल मेस्सी सबैभन्दा उत्कृष्ट खेलाडी हुन् । उनले १७ वटा सिजन खेलिसकेका छन् र उनी १८ वर्षको उमेरदेखि नै उत्कृष्ट थिए’, उनले भने ।

फाब्रेगासले मेस्सीसँगै अरु धेरै खेलहरु खेल्ने चाहना  पनि व्यक्त गरेका थिए । उनले मेस्सी घाइते भएकोमा दुख व्यक्त गर्दै छिट्टै निको होस् भन्ने चाहेको पनि बताए ।

‘म मेस्सीसँग रहेर अरु पनि खेल्न चाहन्छु । पहिलो सिजनमा हामी दुवैले राम्रो सुरुवात गरेका थियौँ । तर म घाइते भएर दुई सिजन खेलहरु गुमाएको थिएँ । मैले लियोनल मेस्सीजस्तो उत्कृष्ट खेलाडी देखेको छैन’, उनले भने ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया